ओली आजै राति देखि फेरि प्रधानमन्त्री बन्दै

kp sharma oli

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको तीन दिनको समय बिहीबार (आज) राती नौ बजे सकिँदै छ ।


विपक्षी दलबीच सहमति हुन नसक्दा अहिलेसम्म नयाँ सरकार गठनका लागि कसैले विकल्प प्रस्तुत गर्न सकेका छैनन्।

कांग्रेस र माओवादी मिल्दा मात्र सरकार गठनका लागि संख्या पुग्दैन भने जसपाको उपेन्द्र पक्षसमेत मिल्दा जम्मा १२४ जना सांसद मात्र पुग्छन ।

जसपा कै महन्थ ठाकुर समुहले सरकारका लागि गरिने गठबन्धनमा सामेल नहुने कुरा सार्वजानिक रुपमै भनिसक्यो ।


यो अवस्थामा आज राती नौ बजेसम्म संविधानको धारा ७६(२) अनुसार सरकार बन्न सक्ने अवस्था देखिँदैन ।

यो प्रक्रियाबाट सरकार नबन्ने बित्तिकै संविधानको धारा ७६(३) सक्रिय हुन्छ र सांसदको सबैभन्दा ठूलो पार्टीको संसदीय दलको नेताको रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुन: शपथ ग्रहण गर्नुहुनेछ ।


यसरी बनेको प्रधानमन्त्रीले ३० दिनभित्रमा संसदमा विश्वासको मत लिनुपर्नेछ ।

Domain providers in nepal

Post a Comment

0 Comments